logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • २०२६ लाई लक्षित गर्दै हिरोको ‘हातमा सात’ योजना, ग्राहकलाई नगद छुट र सहज फाइनान्स

    २०२६ लाई लक्षित गर्दै हिरोको ‘हातमा सात’ योजना, ग्राहकलाई नगद छुट र सहज फाइनान्स

    1.5K
    SHARES
    २०२६ लाई लक्षित गर्दै हिरोको ‘हातमा सात’ योजना, ग्राहकलाई नगद छुट र सहज फाइनान्स

    काठमाण्डौ । हिरो मोटरसाइकल तथा स्कुटरमा नयाँ अंग्रेजी वर्ष २०२६ लाई लक्षित गर्दै ‘हातमा सात’ अफर सुरु गरिएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ग्राहकलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरेको हो ।



    अफरअन्तर्गत हिरोको मोटरसाइकल वा स्कुटर खरिद गर्ने नयाँ ग्राहकले ७ हजार रुपैयाँ क्यासब्याक पाउने छन् । कम्पनीका अनुसार यस योजनामार्फत ग्राहकलाई नयाँ वर्षको अवसरमा प्रत्यक्ष आर्थिक लाभ दिन खोजिएको हो ।

     

    यसका साथै, अफरमा एक्सचेन्ज सुविधा पनि समावेश गरिएको छ । ग्राहकले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साट्दा न्यूनतम २५ हजार रुपैयाँ थप मूल्यांकन पाउने छन् । त्यसमा कम्पनीले अतिरिक्त १० हजार रुपैयाँसम्म मूल्यांकन थप गर्ने व्यवस्था गरेको जनाएको छ ।

     

    किस्ताबन्दीमा सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि पनि सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ । यस योजनाअन्तर्गत नागरिकता र लाइसेन्सका आधारमै कर्जा लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

     

    उक्त अफर पुस १६ गतेसम्म हिरोका देशभरका सम्पूर्ण आधिकारिक शोरुमहरूमा लागू हुनेछ ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट