logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • पाँच महिनामा जीवन बीमकको व्यापार ७६ अर्ब ९० करोड माथि, कुनको बजार हिस्सा कति ?

    पाँच महिनामा जीवन बीमकको व्यापार ७६ अर्ब ९० करोड माथि, कुनको बजार हिस्सा कति ?

    3.1K
    SHARES
    पाँच महिनामा जीवन बीमकको व्यापार ७६ अर्ब ९० करोड माथि, कुनको बजार हिस्सा कति ?

    काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल ७६ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले १ करोड १५ लाख ३९ हजार १९५ वटा बीमा पोलिसी बिक्री गरी कुल ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।



     

     

    यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २१ अर्ब ३७ करोड बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ९ अर्ब २७ करोड बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ८ अर्ब १८ करोड बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले ६ अर्ब ९२करोड बीमाशुल्क संकलन गरेको छ ।

     

    त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ४ अर्ब ४७ करोड बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ३ अर्ब ७५ करोड बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ३ अर्ब २३ करोड बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलाइनस लाइफले २ अर्ब ८० करोड बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले २ अर्ब ६३ करोड बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले २ अर्ब ४५ करोड बीमाशुल्क संकलन गरेको छ ।

     

     

    रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ६४ करोड बीमाशुल्क संकलन गरेको छ ।

     


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट