logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • वाणिज्य विभागले तीन वटा फर्मलाई तिरायो जरिवाना

    वाणिज्य विभागले तीन वटा फर्मलाई तिरायो जरिवाना

    1.2K
    SHARES
    वाणिज्य विभागले तीन वटा फर्मलाई तिरायो जरिवाना

    काठमाण्डौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई १ लाख १० हजार रुपैयाँ जरिवाना तिराएको छ । मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको पाइएपछि आरोहण फेसन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई ५०/५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।



     

     

    यसैगरी बिलबिजक नराखेको पाइएपछि सम्झना अचार उद्योगलाई १० हजार जरिवाना तिराएको विभागले जनाएको छ । विभागले आइतबार १७ वटा व्यावसायिक फर्म तथा उद्योगमा अनुगमन गरेको थियो ।

     

     

    त्यसमध्ये तीन वटालाई तीन दिनभित्र विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ भने ११ वटा फर्मलाई सामान्य निर्देशन दिएको छ ।

     

    sf


    अर्थ चौतारी
  • सोमबार, १४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट