logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • होटेल फरेस्ट इन् लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

    होटेल फरेस्ट इन् लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

    1.1K
    SHARES
    होटेल फरेस्ट इन् लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । होटेल फरेस्ट इन् लिमिटेडले माघ ४ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनी श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।



    यस निष्काशनमा माघ ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

    नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने छ ।

    यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । यस कम्पनीकी अध्यक्ष विनिता थापा हुन् । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक खड्काकी श्रीमती हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै ३२ प्रतिशत स्वामित्व रहेको छ ।

    कम्पनीका अन्य सञ्चालकमा रिंकु निरौला, चन्द्र सिंह साउद, अमर थापा र प्रल्हादराज कुँवर रहेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, २४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट