logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

    एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

    1.2K
    SHARES
    एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

    काठमाण्डाै । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०८२ पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाण्डौंमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।



    एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, मनोज कुमार गोयल ज्यूको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।

    एनएमबि बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २४ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट