काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१।२०८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको पुस २१ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो। कम्पनीले बीमितलाई अधिकतम ७५ रुपैयाँसम्म बोनसदर दिने निर्णय गरेको छ।
सावधिक तथा आजीवन बीमालेख
यस बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीको यस बीमालेखमा १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ६१ रुपैयाँ निर्धारण गरेको छ। १५ देखि १९ वर्ष अवधिसम्मका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ६४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७५ रुपैयाँ कायम गरेको छ।
सावाधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ४८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ६२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
बालबालिकाको सावधिक जीवन बीमालेख
कम्पनीको यस बीमालेखमा बीमितले १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ४८ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ५२ रुपैयाँसम्म बोनसदर पाउनेछन्।
सामूहिक सावाधिक, नवरत्न, जीवन सञ्जीवनी, दम्पती सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ र भविष्य निधि (प्लान ६, १८, २१, २५, २७)
यस बीमालेखमा कम्पनीले १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ४४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ४६ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १२ वर्ष अवधिका लागि पनि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ६० रुपैयाँ, १८ वर्ष अवधिका लागि ६५ रुपैयाँ, २० वर्ष अवधिका लागि ७० रुपैयाँ र २५ वर्ष अवधिका लागि कम्पनीले ७० रुपैयाँ बोनसदर कायम गरेको छ।
बाल उच्च शिक्षा
यस बीमालेखमा कम्पनीले १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ४४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
१५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस, वार्षिक भुक्तानी (प्लान ३०, ३४)
यस बीमालेखमा कम्पनीले १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार रिभर्सनरी बोनस ३८ रुपैयाँ र टर्मिनल बोनस ६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि रिभर्सनरी बोनस ४२ रुपैयाँ र टर्मिनल बोनस ६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि रिभर्सनरी बोनस ४४ रुपैयाँ र टर्मिनल बोनस ६ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि रिभर्सनरी बोनस ५६ रुपैयाँ र टर्मिनल बोनस ६ रुपैयाँ कायम गरेको छ।
एसियन सावधिक प्लस, सुखी जीवन प्लस (प्लान २९, ३२)
यस बीमालेखमा कम्पनीले १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार रिभर्सनरी बोनस ४२ रुपैयाँ र टर्मिनल बोनस ६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि रिभर्सनरी बोनस ४६ रुपैयाँ र टर्मिनल बोनस ६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि रिभर्सनरी बोनस ४८ रुपैयाँ र टर्मिनल बोनस ६ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि रिभर्सनरी बोनस ६० रुपैयाँ र टर्मिनल बोनस ६ रुपैयाँ कायम गरेको छ।
अर्थ चाैतारी ।