logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सन नेपाल लाइफको साधारणसभा आज, कहिलेसम्म शेयर किन्नेले पाउँछन् २०.२६% लाभांश ?

    सन नेपाल लाइफको साधारणसभा आज, कहिलेसम्म शेयर किन्नेले पाउँछन् २०.२६% लाभांश ?

    1.4K
    SHARES
    सन नेपाल लाइफको साधारणसभा आज, कहिलेसम्म शेयर किन्नेले पाउँछन् २०.२६% लाभांश ?

    काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ र नवौँ वार्षिक साधारणसभा आज पुस २५ गते गर्दैछ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले दुई आर्थिक वर्षको साधारणसभा एकैपटकगर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान साढे १० बजेबाट सुरु हुनेछ।



    सभाले गत आर्थिक वर्ष२०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    सभाले कम्पनीको अधिकृत पुँजी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त निर्देशन र सुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    सभाले आर्थिक वर्ष २०८०।८२ र २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

    लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गरेको थियो । यसको अर्थ पुस १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट