काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ र नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष२०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) छन्।
सभाले कम्पनीको अधिकृत पुँजी गर्ने प्रस्ताव पनि पारित गरेको छ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त निर्देशन र सुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०।८२ र २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।
अर्थ चाैतारी ।