logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

    सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

    2.1K
    SHARES
    सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

    काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।



    सो बसको भाग २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसको भाग भएको आशंका गरिएको छ । प्रहरी पठाएर त्यसबारे यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।

    बालुवामा पुरिएको अवस्थामा अवशेष भेटिएको छ । गत वर्ष त्रिशूलीमा खसेर दुई वटा डिलक्स बस हराएको थियो । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो । बसमा सवार २५ जनाको शव भेटिएको थियो भने, ४० जना बेपत्ता भएका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, २७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट