logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    1.1K
    SHARES
    डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न गरेको छ । साधारण सभाले आ.ब. २०८१/ ०८२ को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८१/ ०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै शेयरधनी महानुभावहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।



    बोनस शेयर पश्चात यस संस्थाको चुक्ता पूँजी रु.२ अर्व ५ करोड ५१ लाख १४ हजार पुगेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नुभएका जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका थिए । साथै सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए ।

    संस्थापक तर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरु क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट