logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सर्वसाधारणलाई सोलु हाइड्रोपावरको आईपीओ आजदेखि

    सर्वसाधारणलाई सोलु हाइड्रोपावरको आईपीओ आजदेखि

    1.3K
    SHARES
    सर्वसाधारणलाई सोलु हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडले आज पुस २९ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गरेको हो।



    यस निष्काशनमा माघ ४ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

    नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यो कम्पनीले २०८० असोज २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो।

    कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

    यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ। कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् । सुरुमा कम्पनीमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेकोमा पछि नेपाली शेयरधनीहरुले लिएका हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट