logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख म्यासेज गर्ने निर्देश सेढाईं पक्राउ

    राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख म्यासेज गर्ने निर्देश सेढाईं पक्राउ

    1.5K
    SHARES
    राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख म्यासेज गर्ने निर्देश सेढाईं पक्राउ

    काठमाण्डौ । मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमा ग्रुप म्यासेज पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । चितवन घर भएका सेढाईंलाई मंगलबार राति काठमाण्डौको हात्तीसारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।



    गाडी व्यवसाय गर्दै आएका ३४ वर्षीय सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरेर ‘एटी अलर्ट’ मार्फत ५० लाख एसएमएस पठाएका थिए । सेढाईंले ५० लाख मानिसलाई म्यासेज गरेको स्वीकारेको एसपी आचार्यले जानकारी दिए ।

    उनले म्यासेज पठाएर जनतालाई आतङ्कित पारेको आरोप छ । सेढाईंले पठाएको म्यासेजमा भनिएको थियो, ‘नेपालका सबै समस्याहरूको सँधैका लागी मुक्तिको निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापनाको लागि निमन्त्रणा गर्न चाहन्छु ।’

    सेढाईंले पुस ३० गते १२ बजे बालुवाटारमा उपस्थित हुन म्यासेजमार्फत आह्वान गरेका थिए । निषेधित क्षेत्रमा अनिश्चित कालको लागि उपस्थित हुन आग्रह गरेका उनलाई सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिने एसपी आचार्यले बताए ।


    अर्थ चाैतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट