logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • गगन, विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

    गगन, विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

    1.4K
    SHARES
    गगन, विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

    काठमाण्डौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ ।



    बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो ।

    कारबाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्कासन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए । उनले कहिदिनअघि विशेष महाधिवेशन सुरु हुँदै सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भङ्ग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए ।

    उनले कांग्रेस पार्टी आफूहरूको भएकाले कसैले यसमा दाबी गर्न नसक्ने स्पष्ट पारे । पार्टीको विधान अनुसार नै आफूहरू चलिरहेको भन्दै कारबाहीको निर्णयका कारण विचलित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

    त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अब विशेष महाधिवेशनको हलले गर्ने बताए । उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे ।

    कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए ।


    अर्थ चौतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट