logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सेयर बजार उत्साह : परिसूचक ३१ अङ्कले बढ्यो, ८ अर्ब ४० करोडको कारोबार

    सेयर बजार उत्साह : परिसूचक ३१ अङ्कले बढ्यो, ८ अर्ब ४० करोडको कारोबार

    767
    SHARES
    सेयर बजार उत्साह : परिसूचक ३१ अङ्कले  बढ्यो, ८ अर्ब ४० करोडको कारोबार

    काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ ।



    आज नेप्से परिसूचक ३१.१२ अङ्कले बढेर २६७२.५५ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा आज कुल ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज कारोबार भएका कम्पनीहरूमध्ये २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ र ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    उपसमूहतर्फ आज सबै क्षेत्रमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स समूह ५.७३ प्रतिशत र विकास बैंक समूह ३.०३ प्रतिशतले बढेका छन् । यस्तै, उत्पादन तथा प्रशोधन समूह २.४२ प्रतिशत र होटल तथा पर्यटन समूह २.०२ प्रतिशतले वृद्धि भएका छन् ।

    आज चार वटा कम्पनीहरू सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेसन र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स ५३ करोड १६ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ भने एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ४ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट