logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • रुकुम–पूर्व जाँदै पुष्पकमल दाहाल

    रुकुम–पूर्व जाँदै पुष्पकमल दाहाल

    1.2K
    SHARES
    रुकुम–पूर्व जाँदै पुष्पकमल दाहाल

    काठमाण्डौ । लुम्बिनी प्रदेशअन्तर्गत रुकुम–पूर्वबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सोमबार (आज) रुकुम–पूर्व आउने भएका छन् ।



    पार्टीका कार्यलय सचिव गणेशमान पुनका अनुसार दाहाल उम्मेदवारी दर्ता, स्थानीय नेता–कार्यकर्तासँग भेटघाट तथा चुनावी तयारीसम्बन्धी छलफलका लागि आजै रुकुमपूर्व पुग्ने कार्यक्रम तय भएको छ ।

     

    उनको आगमनलाई लक्षित गर्दै पार्टीले स्वागत तथा भेटघाट कार्यक्रमसमेत तयारी गरेको जनाइएको छ ।

     

     

    पहिलो संविधान सभा २०६४ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका दाहालले काठमाडौं १० मा दोहोरिएर निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

     

    २०७० मा सम्पन्न दोस्रो संविधान सभाको उक्त प्रतिस्पर्धामा दाहाल तेस्रो भएका थिए । त्यसपछि उनी दोहारिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका छैनन् ।


    अर्थ चौतारी
  • सोमबार, ५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट