काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नागरिकले प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन्।
सोमबार जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले संघीयता आए पनि अधिकारको केन्द्रीकरण नहटेको भन्दै आक्रोश पोखे।
‘जनकपुरको सामान्य प्रशासकीय हेरफेर गर्नुपर्दा वा कर्मचारी सरुवा गर्नुपर्दा पनि काठमाडौं नै जानुपर्ने बाध्यता आज पनि छ,’ बालेनले भने, ‘तपाईंहरू काठमाडौं त केवल घुम्न र पशुपतिनाथको दर्शन गर्नका लागि जाने वातावरण बन्नुपर्छ, काम लिएर धाउनका लागि होइन।’
‘उखु किसान र मिटरब्याज पीडितहरू रुदै काठमाडौं आउँदा एउटा मेयरको हैसियतले मैले केही गर्न सकिनँ,’ उनले भने, ‘अब त्यो अवस्थाको अन्त्य गर्नुपर्छ।’
अर्थ चौतारी ।