logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने म्याद थपियो

    नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने म्याद थपियो

    1.1K
    SHARES
    नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने म्याद थपियो

    काठमाण्डौ । नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने म्याद थपिएको छ। म्याद थपसंगै अब यस निष्काशनमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ। यद्यपि सो अगावै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।



    क्यापिटलले माघ ४ गतेदेखि नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब ६० करोड अर्थात् १० रुपैयाँ प्रति इकाईको दरले १६ करोड इकाई रहेको छ । जस मध्ये २ करोड २४ लाख इकाई कोष पर्बदक नेपाल लाइफ इन्स्योरेन्सलाई छुट्याईएको छ भने १६ लाख इकाई कोष व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई छुट्याईएको छ ।

    बाँकि रहेको १३ करोड ६० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । जसमा न्युनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईको आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो। यो नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड हुनेछ । बन्दमुखी यस फण्डको अवधि १० वर्षको रहेको छ ।

    नेपाल लाइफ क्यापिटल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो।


    अर्थ चाैतारी
  • विहिबार, ८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट