logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • होटेल फरेस्ट इन् लिमिटेडले माघ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

    होटेल फरेस्ट इन् लिमिटेडले माघ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

    1.5K
    SHARES
    होटेल फरेस्ट इन् लिमिटेडले माघ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । होटेल फरेस्ट इन् लिमिटेडले माघ २२ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।



    यस निष्काशनमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। यर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

    नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गरिरहेको छ ।

    यस कम्पनीकी अध्यक्ष विनिता थापा हुन् । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक खड्काकी श्रीमती हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै ३२ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका अन्य सञ्चालकमा रिंकु निरौला, चन्द्र सिंह साउद, अमर थापा र प्रल्हादराज कुँवर रहेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, १४ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट