logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • स्नो रिभर्सले पायो आईपीओ निष्काशन अनुमति

    स्नो रिभर्सले पायो आईपीओ निष्काशन अनुमति

    780
    SHARES
    स्नो रिभर्सले पायो आईपीओ निष्काशन अनुमति

    काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।



    बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।

    यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन् । कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तर बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार