logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • शिखर पावरकाे आईपीओमा आवेदन दिने अवधि थपियाे

    शिखर पावरकाे आईपीओमा आवेदन दिने अवधि थपियाे

    936
    SHARES
    शिखर पावरकाे आईपीओमा आवेदन दिने अवधि थपियाे

    काठमाण्डाै । शिखर पावर डेभलपमेन्ट लिमिटेडकाे आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ।



    यद्यपि, मागभन्दा बढी आवेदन परेमा सो अगावै जुनसुकै समयमा पनि निष्काशन तथा बिक्री बन्द गरिने कम्पनीले बताएको छ।

    कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

    सो शेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट