काठमाण्डौ । डिशहोम इन्टरनेट ले “ ढोकामा सेवा SOD” अभियान सुरुवात गरेको छ ।
डिशहोम इन्टरनेट ले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ “SOD” अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ ।
यस अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेट को सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन्
“SOD” अभियान काठमाण्डौ उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिनेछ । साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
अभियान सम्बन्धी विस्तृत जानकारीका लागि डिशहोम इन्टरनेट को हटलाइन नम्बर ९८०१५४४००० मा सम्पर्क गर्न सकिने छ ।
अर्थ चाैतारी ।