logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • दिपल ईभीका ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी

    दिपल ईभीका ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी

    1.5K
    SHARES
    दिपल ईभीका ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी

    काठमाण्डौ । लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले दिपलका ईभीका ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको छ।



    यो नेपालकै सबैभन्दा लामो ईभी ब्याट्री वारेन्टी हो। दिपलका ईभीहरुमा चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा दुई लाख ४० हजार किलोमिटर र मोटरमा ८ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी दिने गरेको छ।

    अब भने एमएडब्लु वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’मार्फत ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ११ वर्ष वा दुई लाख किलोमिटर वारेन्टी दिने भएको हो। यसले ईभी स्वामित्वलाई अझ धेरै चिन्तारहित बनाउनेछ। दिपलका ईभीमा संसारको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चीनको सबैभन्दा अनुभवी अटो निर्माता चांगानका अत्याधुनिक मोटर जडान गरिएको छ।

    यो ‘एक्स्टेन्डेड वारेन्टी’अन्तर्गत दिपलका ग्राहकले ‘हाईभोल्टेज ब्याट्री पार्टस्’, ‘सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट’ र ‘म्यानुफ्याक्चरिङ डिफेक्ट’लगायतका ‘हाईभोल्टेज ईभी कम्पोनेन्ट’मा वारेन्टी पाउनेछन्। यसका साथै, यो वारेन्टीले ‘ट्रयाक्सन मोटर एसेम्ब्ली’, ‘मोटर कन्ट्रोल युनिट’ सहितको ‘इलेक्ट्रिक मोटर सिस्टम’को महत्वपूर्ण भागहरुलाई पनि कभर गर्छ।

    ‘यो केबल एक्टेन्डेड वारेन्टी मात्र होइन, विश्वासको अभिव्यक्ति पनि हो’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री र चांगानको अत्याधुनिक इलेक्ट्रिक मोटरमाथिको हाम्रो विश्वासका आधारमा हामीले नेपाली ग्राहकको पिस अफ माइन्डलाई ध्यानमा राखेर यो एक्स्टेन्डेड वारेन्टी लागू गरेका हौँ।’


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार