logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • एशियन लाईफको एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न

    एशियन लाईफको एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न

    676
    SHARES
    एशियन लाईफको एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न

    काठमाण्डाै । एशियन लाईफ इन्स्योरेन्सले एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न गरेको छ । कम्पनीले होटल सोल्टीमा तीन दिनसम्म आयोजना गरेको अभिकर्ता सम्मेलन तथा सम्मान कार्यक्रममा देशभरका ३५० भन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको जनाएको छ ।



    कार्यक्रममा प्रत्यक्ष बीमा गर्ने क्लब मेम्बर अभिकर्ता तथा आफ्नो मातहतका अभिकर्ता सञ्जालमार्फत व्यापार गरिरहेका उत्कृष्ट एजेन्सी म्यानेजरसहित सन् २०२६ का लागि एमडीआरटी योग्य भएका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।

    कम्पनीले एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) योग्य अभिकर्ताहरूलाई एक–एक थान ल्यापटप, ५० हजार रुपैयाँको चेक तथा ब्लेजर कोट प्रदान गरेको थियो ।

    समारोहका अवसरमा देशभरबाट उत्कृष्ट तीन जना क्लब मेम्बर र तीन जना एजेन्सी म्यानेजरलाई विशेष रूपमा सम्मान गरिएको छ । साथै, एक करोड रुपैयाँभन्दा बढी व्यवसाय योगदान गरेकामध्ये सर्वाधिक कारोबार गर्ने तीन जना एजेन्सी म्यानेजरलाई ‘सुपर बिजनेस म्यानेजर’ उपाधिबाट सम्मान गरिएको थियो ।

    कार्यक्रमको पहिलो सत्रमा कम्पनीका बजार विभाग प्रमुख होमबहादुर श्रेष्ठले अभिकर्तालाई उत्कृष्ट बिक्रेता तथा सफल बीमा अभिकर्ताका रूपमा स्थापित हुन आवश्यक सीप र रणनीतिबारे प्रशिक्षण दिए । यसैगरी, बजार विभाग उपप्रमुख विजय पराजुलीले कम्पनीको लगानी विविधता, विभिन्न तहका क्लब मेम्बर तथा एजेन्सी म्यानेजरका सेवा–सुविधा र प्रोत्साहन व्यवस्थाबारे जानकारी गराए ।

    सम्मान समारोहसँगै अभिकर्ताहरूको मनोरञ्जनका लागि सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य तथा लोकप्रिय गायक कालीप्रसाद बासकोटाको ब्याण्डसहितको प्रस्तुति पनि गरिएको थियो ।

     


    अर्थ चाैतारी
  • आइतबार, २५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट