काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक नेप्से परिसूचक १०.२५ अंकले घटेर २६ सय ९८ दशमलव ४४ बिन्दुमा पुगेर बन्द भएको छ ।
नेप्से परिसूचक घटे पनि यसदिन काराेबार रकममा भने झिनाे सुधार देखिएकाे छ। आज ३३० कम्पनीकाे २ कराेड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ कराेड ९७ लाख ५२ हजार रूपैयाँका खरिदबिक्रि भएकाे छ।
अघिल्लाे काराेबार दिन (बिहिबार) ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर ११ अर्बमा ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियाे । यस दिन लगानी र अन्य समुह बाहेक सबै समुहका उपसूचक घटेका छन् । आज हाेटल तथा पर्यटन समुह सर्वाधिक २.१३, व्यापार समुह १.३० र उत्पादन तथा प्रशाेधन समुह १.१५ प्रतिशत घटेकाे छ ।
घटेकाे बजारमा ८५ कम्पनीकाे सेयर मूल्य बढेका छन् भने सुपरमाई हाइड्रोपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यस्तै रिडी वावरकाे सेयर मूल्य ९.९८ र खानिखाेला हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशत बढेकाे छ।
अर्थ चाैतारी ।