logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

    कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

    1.1K
    SHARES
    कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

    काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ, बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।



    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाण्डौ क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरेका थिए।


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट