logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा प्रमाण कागजात झिकाउने आदेश

    विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा प्रमाण कागजात झिकाउने आदेश

    585
    SHARES
    विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा प्रमाण कागजात झिकाउने आदेश

    काठमाण्डौ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा प्रमाण कागज झिकाउने आदेश भएको छ ।



    विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाण कागजात झिकाउने आदेश दिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाएको थियो । अख्तियारले पौडेलले पत्नी एलिना बस्नेतको नाममा समेत सिंगापुर र अमेरिकामा रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो ।

    आपूर्तिकर्ताबाट कमिसन लिएको देखिएको, त्यो रकम विभिन्न व्यक्तिको नाममा परिचालन भएको अख्तियारको दाबी छ । अख्तियारले विकल पौडेलमाथि अनुसन्धान हुँदा उनले ६२ करोड १९ लाख भ्रष्टाचार गरेको खुलेको, तर खोजबिन गर्दा ४४ करोड ५२ लाख मात्रै भेटिएको भन्दै उसले लुकाइएको १७ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न माग गरेको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट