logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०० अर्ब डलर, प्रतिव्यक्ति आय ३ हजार डलर

    पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०० अर्ब डलर, प्रतिव्यक्ति आय ३ हजार डलर

    936
    SHARES
    पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०० अर्ब डलर, प्रतिव्यक्ति आय ३ हजार डलर

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।



    रास्वपाले वाचापत्रमा वार्षिक आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने घोषणा गरेको छ भने प्रतिव्यक्ति आय तीन हजार डलर र पाँचदेखि सात वर्षभित्रमा अर्थतन्त्रको आकार एक सय अर्ब डलर पुर्याउने दाबी गरेको छ ।

    यस्तै, रोजगारी सिर्जना, प्रभावकारी स्वास्थ्य बीमा, दलमूक्त राज्य संयन्त्र, न्याय सुधारमा मेटिरोक्रेसी, सरकारी सुधारमा लाइन होइन, अनलाइन, निजी क्षेत्रसँग साझेदारी, करको बोझ हटाउने र १० वर्षमा मध्यम आय भएको मुलुक बनाउने घोषणा गरेको छ ।

    रास्वपाले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

    पार्टीका नेताहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीमा काम गर्ने दाबी गर्दै वाचापत्र कार्यान्वयनका लागि समयसीमा र अनुगमन संयन्त्रसमेत बनाइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट