logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • काठमाण्डौ उपत्यकाबाहिर पनि चल्न थाले महानगरका विद्युतीय बस

    काठमाण्डौ उपत्यकाबाहिर पनि चल्न थाले महानगरका विद्युतीय बस

    1.4K
    SHARES
    काठमाण्डौ उपत्यकाबाहिर पनि चल्न थाले महानगरका विद्युतीय बस

    काठमाण्डौ । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाण्डौ उपत्यकाबाहिर पनि विस्तार गरेको छ । कम्पनीले शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा पोखरा, चितवन र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरिएको जानकारी दिएको हो ।



    कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार बस सङ्ख्या क्रमशः बढाउँदै लैजाने तथा अन्य शहरमा समेत सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिएका छन् । उनले छिट्टै काठमाण्डौलाई अन्य प्रमुख शहरसँग सहज रूपमा जोड्ने गरी ठूला विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।

    त्यसैगरी, निकट भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्दै सर्वसाधारण लगानीकर्तामा आईपीओ जारी गर्ने योजना समेत रहेको अध्यक्ष खतिवडाले जानकारी दिएका छन् ।

    विगत १० वर्षदेखि काठमाण्डौमा सेवा दिँदै आएको कम्पनीले यसअघि १०१ वटा बसमार्फत सेवा सञ्चालन गर्दै आएको थियो ।

    उपत्यकामा कम्पनीका बसहरू काठमाण्डौको चक्रपथ क्षेत्रमा र थानकोटदेखि धुलिखेलसम्म सञ्चालन हुँदै आएका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट