logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • शेयरबजारमा २७.५९ अंकको गिरावट, सबै उपसूचक घटे

    शेयरबजारमा २७.५९ अंकको गिरावट, सबै उपसूचक घटे

    1.8K
    SHARES
    शेयरबजारमा २७.५९ अंकको गिरावट, सबै उपसूचक घटे

    काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक २७.५९ अंकले घटेर २६१४.५५ को बिन्दुमा पुगेर रोकिएको छ।



    आज कारोबारमा आएका ३२४ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ४ सय ३० कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २ सय ४ रुपैयाँ ४८ पैसाको कारोबार भएको छ। जस मध्ये आँखु खोला जलविद्युतको सर्वाधिक ६३ करोड ४२ लाखको कारोबार भएको छ भने रिडी हाइड्रोको ३७ करोड ६० लाखको कारोबार भएको छ।

    आज कारोबारमा आएका मध्ये सालपा विकास बैंकको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर मूल्य ९.२६ प्रतिशत बढेको छ। त्यस्तै कालिका लघुवित्तको शेयर मूल्य ५.१७ प्रतिशत बढेको छ।

    आज कारोबारमा आएका मध्ये बुद्ध भुमि हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.९२ प्रतिशत घटेको छ भने रिडी हाइड्रोको शेयर मूल्य ८.३३ प्रतिशत तथा आँखु खोला जलविद्युतको शेयर मूल्य ८.२८ प्रतिशत घटेको छ ।

    आज कारोबारमा आएका सबै समुहगत उपसूचक घटेका छन् , जस मध्ये ट्रेडिङ समूह सर्वाधिक ३.५९ प्रतिशत घटेको छ भने हाइड्रो समूह १.८१ प्रतिशत घटेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट