logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • काठमाण्डौको तारकेश्वरमा घरभित्र पस्यो चितुवा, दुई जना घाइते

    काठमाण्डौको तारकेश्वरमा घरभित्र पस्यो चितुवा, दुई जना घाइते

    1.1K
    SHARES
    काठमाण्डौको तारकेश्वरमा घरभित्र पस्यो चितुवा, दुई जना घाइते

    काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ ।



    जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो ।

    दुलाल महर्जनलाई शुभम अस्पताल र मायानाथ वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको छ । महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ ।

    अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको उनले बताए । ‘वनको टोलीलाई बोलाएका छौं । चितुवालाई थुनेर राखिएको छ,’ एसपी भट्टराईले भने ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट