logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • आईपीओको ओपनिङ रेन्ज परिवर्तन: नेप्सेले धितोपत्र बोर्डलाई पठायो स्पष्टीकरण

    आईपीओको ओपनिङ रेन्ज परिवर्तन: नेप्सेले धितोपत्र बोर्डलाई पठायो स्पष्टीकरण

    1.2K
    SHARES
    आईपीओको ओपनिङ रेन्ज परिवर्तन: नेप्सेले धितोपत्र बोर्डलाई पठायो स्पष्टीकरण

    काठमाण्डाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आईपीओको ओपनिङ रेन्ज परिवर्तन गरिएको सम्बन्धमा नेपाल धितोपत्र बोर्डलाई जवाफ पठाएको छ । नेप्सेले वर्षौंदेखिको अभ्यास विपरित रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको ओपनिङ रेन्ज तोकेपछि धितोपत्र बोर्डले यसबारे प्रष्ट पार्न भन्दै पत्र पठाएको थियो।



    धितोपत्र बोर्डले नेप्सेलाई पठाएको पत्रमा कुन कुन आधारमा रही के कति कारणले यस अघि भन्दा फरक हुने गरि ओपनिङ रेन्ज प्रदान गरिएको हो सो को ३ दिन भित्र जवाफ पठाउन भनिएको थियो। नेप्सेले गत आइतबार जवाफ पठाएको हो।

    नेप्सेले जवाफमा रिलायन्स स्पिनिङ मिल्सको हकमा सूचीकरणको लागि आउँदा फरक फरक नेटवर्थ रहेको उल्लेख गरेको छ । सो कम्पनीले विद्युत प्राधिकरणको बक्यौता तिर्नु पर्नेमा हुन आउने नेटवर्थ र तिर्नु नपर्ने अवस्थामा हुन आउने नेटवर्थ फरक फरक राखेको थियो । दुई वटा नेटवर्थ रहेकोले अन्योलता उत्पन्न भएको र सो बारे निर्णयको लागि नेप्सेको संचालक समितिमा पेश गरिएको नेप्सेले जनाएको छ। संचालक समितिले हालकै विद्यमान व्यवस्था अनुसार ति कम्पनीको शेयर सूचीकरण गर्ने निर्णय गरेको नेप्सेले पठाएको जवाफमा उल्लेख छ।

    नेप्सेको संचालक समितिले हालकै विद्यमान व्यवस्था अनुसार शेयर सूचीकरणको निर्णय गरेपछि २०६८ सालमा गरिएको विद्यमान व्यवस्था हेरिएको र सोहि अनुसार नै कम्पनीको अंकित मूल्यको ३ गुणासम्मको ओपनिङ रेन्ज तोकेको जवाफ बोर्डलाई पठाएको छ।

    नेप्सेले अब सूचीकृत हुन आउने कम्पनीको हकमा पनि यहि नियम अर्थात् नेटवर्थ पोजेटिभ भएमा अंकित मूल्यको ३ गुणासम्मको ओपनिङ रेन्ज प्रदान गरिने जनाएको छ। नेथ वर्थ नेगेटिभ भएमा भने नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज प्रदान गरिने नेप्सेले उल्लेख गरेको छ ।

    तर यसरी अंकित मूल्यको आधारमा ओपनिङ प्रदान गर्दा लगानीकर्तादेखि ब्रोकर, नेप्से, सेबोन, र नेपाल सरकारसम्मलाई घाटा हुने देखिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ फागुन २०८२
  • सम्बन्धित समाचार