logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • शिखर पावरको आइपीओ आजबाट बिक्री खुला

    शिखर पावरको आइपीओ आजबाट बिक्री खुला

    702
    SHARES
    शिखर पावरको आइपीओ आजबाट बिक्री खुला

    काठमाण्डौ । शिखर पावर डेभलपमेन्टले दोस्रो चरणमा सर्वसाधारणका लागि आज फागुन १७ गतेदेखि आइपीओ जारी गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ ल्याउने भएको हो।



    कम्पनीले १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोष र ४४ हजार ४०० कित्ता आफ्ना कर्मचारीलाई छुट्याएर १०० रुपैयाँ अंकित दरका बाँकी १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ।

    यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

    यो आइपीओको निष्कासन बन्द छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गते बैंकिङ समयपछि हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट