logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • विदेशमा रहेका नेपालीले आजसम्म कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिन सक्ने

    विदेशमा रहेका नेपालीले आजसम्म कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिन सक्ने

    1.1K
    SHARES
    विदेशमा रहेका नेपालीले आजसम्म कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिन सक्ने

    काठमाण्डौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १७ गते अन्तिम दिन रहेको छ । फागुन १३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् ।



    कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्नेछ । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता सेयर श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, १७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट