logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • सात महिनामा भित्रियो १२ खर्ब रेमिट्यान्स

    सात महिनामा भित्रियो १२ खर्ब रेमिट्यान्स

    832
    SHARES
    सात महिनामा भित्रियो १२ खर्ब रेमिट्यान्स

    काठमाण्डाै । चालु आर्थिक वर्षको पहिलो सात महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म मिट्यान्स रकम ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.५ प्रतिशतले बढेको थियो।



    गत आर्थिक वर्षको यो अवधिमा विप्रेषण आप्रवाह १३७ अर्ब ५० करोड रहेको थियो । चालु आवको माघ महिनामा मात्रै १९८ अर्ब ८ करोड रहेको छ । अघिल्लोसमीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९८६ अर्ब ३४ करोड रहेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो।


    अर्थ चाैतारी
  • बुधबार, २७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट