logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • निर्वाचन आयोगले समानुपातिक तर्फको सिट सङ्ख्या अझै यकिन गर्न सकेन

    निर्वाचन आयोगले समानुपातिक तर्फको सिट सङ्ख्या अझै यकिन गर्न सकेन

    767
    SHARES
    निर्वाचन आयोगले समानुपातिक तर्फको सिट सङ्ख्या अझै यकिन गर्न सकेन

    काठमाण्डौ । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फ पाएको मतका आधारमा कति सिट पाउने भन्ने यकिन गर्न सकेको छैन । समानुपातिक प्रणालीतर्फको मत बुधबार गणना गरिसके पनि अहिलेसम्म कुन दलले कति सिट पाउने भन्ने यकिन गर्न नसकेको हो ।



    आयोगको राजनीतिक दल महाशाखा प्रमुख सहसचिव (कानुन) का यज्ञप्रसाद भट्टराईले समानुपातिक मतका आधारमा दलहरूले पाउने सिट सङ्ख्या अझै यकिन भइ नसकेको जानकारी दिए । ‘समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सांसदको सङ्ख्या हामीले अझै यकिन गरिसकेका छैनौँ । इक्ज्याक्ट मत निकाल्ने र सिट सङ्ख्या टुङ्ग्याउने काम आज सक्ने गरी काम गरिरहेका छौँ,’ सहसचिव भट्टराईले रातोपाटीसँग भने ।

    सिट सङ्ख्या यकिन भएपछि आजै दलहरूलाई सिट अनुसार कलस्टर मिलाएर सांसद बन्नेहरूको सूची पठाउन पत्राचार गर्ने तयारी पनि आफूहरूको रहेको भट्टराईले बताए ।

    यसअघि बुधबार पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बुधबारै समानुपातिकतर्फको सिट संख्या यकिन गरेर दलहरूलाई पत्राचार गर्ने तयारी भइरहेको बताएका थिए । तर, दलहरूले पाएको मत निश्चित गर्न र सिट सङ्ख्या यकिन गर्न समय लागेकाले त्यो प्रक्रिया लम्बिएको आयोगका पदाधिकारीहरू बताउँछन् ।


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार