logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • हेजबुल्लाहले इजरायलमा हान्यो २०० मिसाइल (भिडिओ)

    हेजबुल्लाहले इजरायलमा हान्यो २०० मिसाइल (भिडिओ)

    962
    SHARES
    हेजबुल्लाहले इजरायलमा हान्यो २०० मिसाइल (भिडिओ)

    काठमाण्डौ । अमेरिका-इजरायल-इरान युद्ध आज १३औ‌ँ दिन पनि जारी छ। उनीहरूको द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।



    अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि बदला लिन भन्दै हेजबुल्लाहले पनि लेबननबाट इजरायलमा आक्रमण गरिरहेको छ।

    यसै क्रममा इरान समर्थक हेजबुल्लाहले बुधबार इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको टाइम्स अफ इजरायलले जनाएको छ।

    यद्यपि इजरायलको वायु रक्षा प्रणालीले धेरैजसो रकेट र क्षेप्यास्त्रलाई आकाशमै रोकेको छ। तर भग्नावशेष खसेर केही क्षेत्रमा आगो लागेको थियो।

    लेबननबाट हेजबुल्लाहले इजरायलेले गरेको क्षेप्यास्त्र आक्रमणको भिडिओ फुटेज

    यसैबिच इजरायलको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा देशभर विभिन्न आक्रमणमा १७९ जना घाइते भएको जनाएको छ। योसँगै युद्ध सुरुभएयता घाइतेहरूको कुल संख्या २ हजार ७४५ पुगेको छ।

    यस्तै अहिलेसम्म लेबननमा ६३० जना मारिएको लेबननी स्वास्थ्य मन्त्रालयले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट