काठमाण्डौ । वित्तीय सल्लाहकारमा बीमा क्षेत्रको अग्रणी मान्यता मानिने एसिया ट्रस्टेड लाइफ एजेन्ट्स एन्ड एडभाइजर्स अवार्डस (एटीएलएए)ले एसिया प्यासिफिकमा एजेन्ट्स र सल्लाहकारहरुका लागि प्रतिस्पर्धाको लागि मनोनयन खुला गरेको छ। पुरस्कारहरुले उद्योगमा उत्कृष्ट पहिचान गर्न कठोर स्वतन्त्र रुपमा लेखा परीक्षण गरिएको निर्णय प्रक्रिया पछ्याउँछन्।
पुरस्कारहरु एसिया एडभाइजर्स नेटवर्क र एसिया इन्स्योरेन्स रिभ्युद्वारा सह–आयोजक एलआईएमआए र रणनीतिक साझेदार एआईएसँगको सहकार्यमा आयोजना गरिन्छ। यस वर्षको प्रसिद्ध निर्णायक प्यानलमा एसियाभरका लगभग १३ सीईओ, वरिष्ठ कार्यकारी, संघ अध्यक्ष र विषयवस्तु विशेषज्ञ समावेश छन्।
यस वर्ष १६ वटा श्रेणी मनोनयनका लागि खुला छन्:
• Rookie Insurance Agent of the Year
• Insurance Agent of the Year
• Financial Adviser of the Year
• Rookie Insurance Agency Leader of the Year
• Insurance Agency Leader of the Year
• Digital Agent/Agency Leader of the Year
• Inspirational Agent/Leader of the Year
• Digital Transformation of the Year
• Health Insurance Agent of the Year
• Employee Benefits Consultant of the Year
• Employee Benefits Provider of the Year
• Bank Partner of the Year
• Young Executive of the Year
• Executive Champion of the Year
• Insurance Company of the Year
• Lifetime Achievement Award
स्व–नामांकनका लागि अन्तिम मिति आउँदो अप्रिल २९ हो र तेस्रो–पक्ष मनोनयनका लागि अन्तिम मिति अप्रिल १० हो। प्यानल निर्णायकको दुई चरण हुनेछः पहिलो फाइनलिस्टहरु छनौट गर्न रिमोट स्कोरिङमार्फत सञ्चालन गरिनेछ र दोस्रो स्वतन्त्र छानबिनकर्ता केपीएमजीको छानबिनअन्तर्गत गोप्य मतपत्रद्वारा विजेताहरुलाई छलफल र छनोट गर्न निर्णयकहरुको बैठक हुनेछ।
मनोनयनहरु एटीएलएए मनोनयन पृष्ठमा रहेको अनलाइन फारममार्फत बुझाइनेछ।
मनोनयनहरु र निर्णयाकहरु र सहयोगी संस्थाहरुको पूर्ण सूचीका बारेमा थप जानकारीका लागि www.asiaadvisersnetwork.com/atlaa2026 मा गएर हेर्न सकिनेछ।
अर्थ चाैतारी ।