logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • एनआरएनए अध्यक्षमा हेमराज शर्मा, आज कार्यसमिति सार्वजनिक गरिने

    एनआरएनए अध्यक्षमा हेमराज शर्मा, आज कार्यसमिति सार्वजनिक गरिने

    520
    SHARES
    एनआरएनए अध्यक्षमा हेमराज शर्मा, आज कार्यसमिति सार्वजनिक गरिने

    काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ ।



    अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए ।

    निर्वाचन समितिले सबै पदको नतिजा एकै पटक सार्वजनिक गर्ने जनाएको छ ।

    एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ ५ बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ ।

    शनिबारदेखि शुरु भएको एनआरएनए १२औं अधिवेशन आज सम्पन्न हुँदैछ ।


    अर्थ चाैतारी
  • सोमबार, २ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट