logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    546
    SHARES
    सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ ।



    सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको महासंघले जनाएको छ ।

    त्यसैगरी, १० ग्राम सुनको मूल्य मंगलबार रु २ लाख ६५ हजार ६९० पुगेको छ भने सोमबार रु २ लाख ६५ हजार ३४५ कायम थियो ।

    चाँदीतर्फ पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु ५ हजार ३३५ पुगेको छ भने सोमबार प्रतितोला रु ५ हजार २६५ रहेको थियो । यसअनुसार चाँदी प्रतितोला रु ७० ले वृद्धि भएको छ ।

    १० ग्राम चाँदीको मूल्य मंगलबार रु ४ हजार ५७४ पुगेको छ भने सोमबार रु ४ हजार ५१४ कायम थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट