logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • शेयर बजारमा भारी अंकको वृद्धि, कारोबार रकम पनि २१ अर्ब २२ करोड नाघ्यो

    शेयर बजारमा भारी अंकको वृद्धि, कारोबार रकम पनि २१ अर्ब २२ करोड नाघ्यो

    1K
    SHARES
    शेयर बजारमा भारी अंकको वृद्धि, कारोबार रकम पनि २१ अर्ब २२ करोड नाघ्यो

    काठमाण्डौ । आज शेयर भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६४ दशमलव ६७ अंकले बढेर २,८७७ को विन्दुमा कायम भएको छ । आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ ।



    आज दिनभरिमा ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै नेपाल लाइफ समृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव १२ प्रतिशतका दरले गुमाएका हुन् ।

    बजारमा उच्च अंकको बढोत्तरी हुँदा नेप्से उपसमूहमा रहेका १३ वटै समूह उकालो लागेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक ३.९५ प्रतिशतले बढेको छ।

    आज बजारमा २४० कम्पनीको शेयरभाउ बढ्दा २२ वटाको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    बजारमा यो दिन करिब सवा २१ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

    उच्च कारोबार भएक १० कम्पनी

    • ङादी ग्रुप पावरः ६७ कराड १६ लाख रुपैयाँ
    • नेसनल हाइड्रोपावरः ६६ करोड ९० लाख रुपैयाँ
    • रिडी पावरः ६२ करोड ६० लाख रुपैयाँ
    • आँखुखोला जलविद्युतः ५९ करोड ५७ लाख रुपैयाँ
    • अपर तामाकोशीः ५९ करोड ३३ लाख रुपैयाँ
    • कुमारी बैंकः ५४ करोड ४८ लाख रुपैयाँ
    • अपी पावरः ५३ करोड ३८ लाख रुपैयाँ
    • अरुण काबेली पावरः ५३ करोड ६ लाख रुपैयाँ
    • हिमाल दोलखा हाइड्रोपावरः ४७ करोड १५ लाख रुपैयाँ
    • एनआरएन इन्फ्रास्ट्रक्चरः ४७ करोड ६ लाख रुपैयाँ


    अर्थ चाैतारी
  • विहिबार, ५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट