logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    624
    SHARES
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको थियो ।



    कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकसँगको कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल, जोखिमलगायत विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजिकरण गरेका थिए ।

    कार्यक्रमको समापनमा राष्ट्रिय वहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यो कार्यक्रम धेरै उपयोगी रहेको जानकारी गराउँदै आर्थिक क्षेत्रका विभिन्न उपयोगी तालिमका लागि बैंक र वित्तीय संस्थाहरुसँग सहकार्य गरिरहेको बताए ।

    आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट