logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • सार्वजनिक सवारीमा ११.३३ प्रतिशतसम्म भाडा बढाउन सिफारिस

    सार्वजनिक सवारीमा ११.३३ प्रतिशतसम्म भाडा बढाउन सिफारिस

    975
    SHARES
    सार्वजनिक सवारीमा ११.३३ प्रतिशतसम्म भाडा बढाउन सिफारिस

    काठमाण्डौ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो ।



    नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव तयार पारेको हो ।

    विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकसहितको ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।

     

    कति बढ्दैछ भाडा ?

    विभागको सिफारिस अनुसार विभिन्न क्षेत्रमा निम्न बमोजिम भाडा वृद्धिको प्रस्ताव गरिएको छ-

    सार्वजनिक यात्रुवाहक सवारी साधन : ११.३३ प्रतिशत

    पहाडी बाटोमा चल्ने मालवाहक सवारी : १४.२९ प्रतिशत

    तराईको बाटोमा चल्ने मालवाहक सवारी : ८.८१ प्रतिशत

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते नै मन्त्रालयमा भाडा समायोजनको फाइल पठाइसकेको छ । वि.सं. २०७२ सालयता १३ वटा सूचकका आधारमा पूर्ण रूपमा भाडा समायोजन नभएको भन्दै व्यवसायीहरूले तत्काल यो सिफारिस कार्यान्वयन गर्न माग गरेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार