logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • सिमेन्ट र डण्डीको भाउ बढ्यो

    सिमेन्ट र डण्डीको भाउ बढ्यो

    611
    SHARES
    सिमेन्ट र डण्डीको भाउ बढ्यो

    काठमाण्डौ । इजरायल र इरानबीच चर्किएको युद्धका कारण कच्चा पदार्थको आयातमा अवरोध भएको भन्दै उद्योगीहरुले निर्माण सामग्रीको भाउ बढाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार २५ दिन यता सिमेन्ट, डण्डी, बिटुमिन र प्लास्टिकजन्य उत्पादनको भाउ बढेको छ ।



    उनका अनुसार सिमेन्टको भाउ प्रतिबोरा ५० देखि ६० रुपैयाँ र डण्डीको भाउ प्रतिकेजी १८ देखि २५ रुपैयाँ सम्मले बढेको छ । बिटुमिनको मूल्य प्रतिकेजी ४५ रुपैयाँ सम्मले बढेको अध्यक्ष सिंहको भनाइ छ ।

    ‘अहिले सामान नै छैन, उद्योगहरुले उत्पादन घटाएर कार्टेलिङ गरिरहेका छन्’ अध्यक्ष सिंह भन्छन्, ‘निर्माणको काम ठप्प जस्तै छ ।’

    अन्तर्राष्ट्रिय कारणलाई देखाएर उद्योगहरुले निर्माण सामग्रीको भाउ बढाएकाले अहिले यस सम्बन्धमा कसैसँग छलफल नभएको उनले जनाएका छन् । जेन् जी आन्दोलन पश्चात निर्माण क्षेत्र सुस्ताएको र झन निर्माणको सिजनमै चुनाव परेकाले यसपाली निर्माण क्षेत्र सुस्त रहेको उनको भनाइ छ ।

    ‘अब चुनाव गराउने म्यान्डेट सहित आएको सरकार भएकाले उसले विकास निर्माणमा ध्यान दिएन भनेर भन्न पनि मिलेन’ अध्यक्ष सिंह भन्छन्, ‘अहिले त झन निर्माण सामग्रीको भाउ पनि बढेको छ, सामान पनि उपलब्ध छैन । काम त ठप्प जस्तै नै भएको छ ।’


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट