logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न सम्झौता, साउनदेखि सञ्चालनमा ल्याइने

    नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न सम्झौता, साउनदेखि सञ्चालनमा ल्याइने

    429
    SHARES
    नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न सम्झौता, साउनदेखि सञ्चालनमा ल्याइने

    काठमाण्डौ । लामो प्रतीक्षापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बाटो खुलेको छ । सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि बुधबार नागढुंगा सुरुङमार्ग निर्माण आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबिच औपचारिक सम्झौता भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए ।



    उनका अनुसार युसिन–एआरटी जेभीले अबको ५ वर्षसम्म सञ्चालन तथा मर्मतको औपचारिक रूपमा जिम्मा पाएको छ । यो सुरुङ सञ्चालनका लागि तय गरेको कार्यतालिका अनुसार सन् २०२६ मे को दोस्रो सातासम्म (वैशाख अन्तिम) मा सेवा प्रदायक कम्पनी कार्यक्षेत्रमा परिचालन हुनेछ । त्यसलगत्तै सुरुङका अत्याधुनिक प्रणालीहरूबारे जनशक्तिलाई तालिम दिइनेछ । ‘सन् २०२६ जुनको दोस्रो सातासम्म प्राविधिक जनशक्तिको तालिम सम्पन्न गर्ने र सोही महिनाको अन्त्यसम्ममा परीक्षण सञ्चालन गर्ने हाम्रो लक्ष्य छ,’ आयोजना प्रमुख नेपालले भने ।

    सुरुङ मार्गको सुरक्षा र प्राविधिक पक्षको पूर्ण प्रमाणीकरण भएपछि सन् २०२६ जुलाईको अन्त्यसम्म अर्थात् (साउन) मा यो सुरुङ सार्वजनिक यातायातका लागि खुला गरिने उनको भनाइ छ । सुरुङ मार्गको सञ्चालन र मर्मतसम्भारको जिम्मा पाएको सेवा प्रदायकले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल र सुरुङभित्रका सुरक्षा प्रणालीहरूको नियमित रेखदेख र मर्मत गर्नुपर्ने उल्लेख छ ।

    यसका साथै सेवा प्रदायकले सुरुङभित्रको ट्राफिक व्यवस्थापन, टोल (दस्तुर) सङ्कलन, र चौबीसै घण्टा सुरुङको अनुगमन गर्नेछ । आपतकालीन अवस्था आइपरेमा सरोकारवाला निकायहरूसँग समन्वय गरी उद्धार तथा राहतका कार्यहरू गर्ने जिम्मेवारी पनि सोही कम्पनीलाई दिइएको छ। सडक विभागको निर्देशनमा सुरुङ मार्गको प्रयोगबारे सार्वजनिक सचेतना फैलाउने र सञ्चालन सम्बन्धी सूचनाहरू नियमित रूपमा प्रवाह गर्नुपर्नेसमेत सम्झौतामा उल्लेख छ।

    आयोजना प्रमुख नेपालका अनुसार यो सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुंगाको घुमाउरो सडक र ट्राफिक जामबाट यात्रुहरूले मुक्ति पाउनेछन्। आधुनिक प्रविधि र कडा सुरक्षा मापदण्डका कारण सुरुङ भित्रको यात्रा सुरक्षित, भरपर्दो र सहज हुने विश्वास आयोजनाले लिएको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्गनागढुंगा सुरुङमार्गसम्झौता


    अर्थ चाैतारी
  • शुक्रबार, १८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट