logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • डोजर अभियान चलिरहँदा एक जना सुकुमबासी बागमती नदीमा मृत फेला

    डोजर अभियान चलिरहँदा एक जना सुकुमबासी बागमती नदीमा मृत फेला

    312
    SHARES
    डोजर अभियान चलिरहँदा एक जना सुकुमबासी बागमती नदीमा मृत फेला

    काठमाण्डौ । सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेको बेला एक जना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।



    जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी पवन भट्टराईका अनुसार काठमाडौँ-१४ फोहोर मैला सङ्कलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए । भट्टराईका अनुसार उनको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएका थिए ।

    सरकारले शुक्रबार सो क्षेत्रमा डोजर लगाएको छ । यसअघि बुधबार साँझ सो क्षेत्र खाली गर्ने सूचना जारी गरेको थियो । ‘उनी केही दिनदेखि घर नै आएका थिएनन् भन्ने स्थानीयको भनाई छ । आज कपडाको पोकासहित उनको शव फेला परेको हो,’ एसपी भट्टराईले भने, ‘हामी यस विषयमा थप अनुसन्धान गर्दैछौँ ।’

    यसअघि थापाथली सुकुमबासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको समाचार आए पनि प्रहरीले अझै त्यसलाई पुष्टि गरेको छैन।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट