logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्वयम्भूको पिलग्रिम्स ग्रोसरी प्रालिलाई २ लाख १ हजार जरिवाना

    स्वयम्भूको पिलग्रिम्स ग्रोसरी प्रालिलाई २ लाख १ हजार जरिवाना

    442
    SHARES
    स्वयम्भूको पिलग्रिम्स ग्रोसरी प्रालिलाई २ लाख १ हजार जरिवाना

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ।



    विभागले बुधबार विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई रु दुई लाख एक हजार र आरएस किराना तथा ग्यास पसल ललितपुर भैँसेपाटीलाई रु १० हजार जरिवान गरेको जनाएको छ।

    यस्तै, थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको जनाएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ।

    विभागले नियमित रूपमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको सहभागितामा नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट