logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सर्वसाधारणका लागि चैत २२ गतेबाट आइपीओ ल्याउँदै कालिन्चोक हाइड्रोपावर

    सर्वसाधारणका लागि चैत २२ गतेबाट आइपीओ ल्याउँदै कालिन्चोक हाइड्रोपावर

    1.5K
    SHARES
    सर्वसाधारणका लागि चैत २२ गतेबाट आइपीओ ल्याउँदै कालिन्चोक हाइड्रोपावर

    काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।



    कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँका दरका कुल १३ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। त्यसमध्ये पहिलो चरणमा ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ।

    अब कम्पनीले बाँकी रहेको कित्तामध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याएको छ। बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

    यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपीओको निष्कासन बन्द छिटोमा चैत २५ गते र ढिलोमा आउँदो वैशाख ६ गते हुनेछ।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट