logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

    बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

    754
    SHARES
    बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

    काठमाण्डौ । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ ।



    बिहीबार बेलुका सार्वजनिक भएको यो गीतले २४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ । शुक्रबार बिहान ७ बजेसम्म यो गीतलाई २१ लाख पटक हेरिएको छ ।

    यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको कोल्याब गीत ‘जाने भए जाम माया’ सँग थियो । त्यो गीतलाई सोही अवधिससम्म १६ लाख ३६ हजार पटक हेरिएको थियो ।

    दुर्गेशको उक्त गीतले विष्णु माझीको गीत ‘आइन आमा यो तीजमा’ को १५ लाख भ्यूजको रेकर्डलाई उछिनेको थियो । यतिबेला भने बालेनको यो गीतले केही घण्टाभित्रै अघिल्ला सबै रेकर्डलाई उछिनेको छ ।

    शुक्रबार बेलुका ८ बजेतिर मात्र २४ घण्टा हुने भएकाले बालेनको यो गीतले भ्यूजमा उछाल ल्याउने पक्का छ । त्यतिञ्जेल अन्य धेरै रेकर्ड पनि रचिने सम्भावना देखिन्छ ।

    रिलिज भएको ३ घण्टामै बालेनको यो गीतले सबैभन्दा छिटो १० लाख भ्यूज पाउने गीतको रेकर्ड रचिसकेको थियो । चुनाव मात्र होइन, युट्युबमा समेत बालेनको लहर देखिएको छ ।

    ‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । रि-मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो । चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको छ । प्रधानमन्त्रीको सपथ लिनुको पूर्वसन्ध्यामा गीत रिलिज गरिएपछि गीतले निकै हाइप प्राप्त गरेको देखिएको छ ।

    https://arthachautari.com/wp-admin/post.php?post=144301&action=edit


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट