logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • शिक्षादेखि खेलकुदसम्म सुधारको एजेन्डा लिएर मैदानमा सस्मित पोखरेल

    शिक्षादेखि खेलकुदसम्म सुधारको एजेन्डा लिएर मैदानमा सस्मित पोखरेल

    1.7K
    SHARES
    शिक्षादेखि खेलकुदसम्म सुधारको एजेन्डा लिएर मैदानमा सस्मित पोखरेल

    काठमाण्डौ ।  सस्मित पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगै युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेसँगै सम्बन्धित क्षेत्रहरूमा नयाँ आशा र उत्साह देखिएको छ।



    बालेन शाह नेतृत्वको सरकारमा दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री पोखरेलसामु शिक्षा र खेलकुद दुवै क्षेत्रमा सुधार ल्याउने चुनौती र अवसर दुवै रहेका छन्। मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा देखिएका बेथिति र कमजोरी सुधार गर्दै प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने अपेक्षा गरिएको छ।

    शीतल निवासमा सपथ ग्रहणपछि सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले काठमाडौं महानगरपालिकामा लागू गरिएका सफल शिक्षा कार्यक्रमहरूलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।

    उहाँका अनुसार शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने कार्य प्राथमिकतामा रहनेछन्।

    यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका प्रमुख रहँदा पोखरेलले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ तथा शहरी योजना आयोगमा सहायक विज्ञका रूपमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।


    अर्थ चौतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट