काठमाण्डौ। पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औपचारिक बैठक डाकेको छैन ।
कांग्रेसका एक पदाधिकारिले सतर्कतापूर्वक आधिकारिक धारणा ल्याउने तयारी रहेको बताए । आज पार्टीले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा नेताहरू भेट भएर यो विषयमा कुराकानी हुने उनको भनाइ छ ।
कांग्रेसले सरकारको कदमलाई समर्थन गर्न सक्ने अवस्था नरहेको उनले बताए ।
पूर्वगृहमन्त्री लेखक देउवा पक्षका नेता हुन् । उनी हालको कांग्रेस कार्यसमितिमा छैनन् ।
अर्थ चौतारी ।